भरतपुर
भरतपुर युवा सन्जाल र चितवनका युवाहरु मिलेर आफुलाई ससद भबन अगाडि सडकमा आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्य को आत्मा ले शान्ति पावस् भन्दै उनको सम्झनामा दिप प्रज्वलन साथै शोक मनाइएको छ ।
उक्त कार्यक्रममा मा उनलाई हार्दिक श्रद्धाञ्जली का साथै राज्यले प्रेम र प्रेम जस्तै युवा उद्दमीहरुलाई कुन हद सम्मले प्रताडित गरेको छ भनेर प्रस्न समेत खडा गरिएको थियो ।
राज्य युवा बिरोधी , उद्दमी बिरोधी भएको भनमदै बैङ्क र यो दलाल राज्य बिरुद्ध आन्दोलन गर्नु पर्ने , यो व्यवस्था फाल्नु पर्ने जस्ता प्रसंग बक्ताहरुले राख्नु भएको थियो ।
कार्यक्रम चरणबद्ध रुपमा आन्दोलन को रुपमा अगाडी बढ्ने भनेर महानगर युवा सन्जालका अध्यक्ष सन्देश वाग्ले र सचिव अमृत सापकोटा ले जानाकारी गराउनु भयो । उक्त कार्यक्रममा स्वतस्फूर्त रुपमा चितवन का युवा को उपस्थिती रहेको थियो ।









