चितवन
नागरिक बचाउ अभियान का सदस्य थापाको रिहाईको माग गर्दै CDO लाई ज्ञापनपत्र
राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ माहाअभियान चितवनले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई माग सहितको ज्ञापनपत्र आज (बिहीबार) बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै माहाअभियान चितवनका अभियन्ता मेघराज पौडेलले २४ घण्टाभित्र थापालाई रिहा गर्न आग्रह गरे । उनले भने, ‘नेपालमा रहेका सम्पूर्ण बैँक, लघुबित्त, आज सर्वहारा वर्ग तथा मध्यम वर्गीय व्यापारीहरु चर्को व्याजदरको मारमा परी दैनिकजसो नेपाली नागरिकले डोरीको पासो लगाइ, बिष सेवन गरी आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाह गरेको हामीले देख्छौं । दैनिक करिब तीन हजार नेपाली नागरिकहरु विदेशिनु परेको छ । यही सामन्तीहरुको विरुद्ध सर्बहारा वर्ग र भूइँमान्छे र मध्यम वर्गका व्यापारीहरुलाई आत्महत्या गर्न बाट जोगाउन हिड्नु भएका महाअभियानका एक अभियन्तालाई प्रहरीले प्रक्राउ गरेको छ । तसर्थ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका अभियन्तालाई २४ घण्टा भित्र बिना शर्त तत्काल रिहा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत् अनुरोध गर्दछु ।’ थापालाई रिहा नगरे आन्दोलनमा उत्रने चेतावनी समेत माहाअभियानले दिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र बुझ्दै गृह मन्त्रालयमा आजै पत्र पठाउने जानकारी दिए ।








