काठमाण्डाैँ,
चितवन—२ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावको मुखैमा एकपछि अर्को गम्भीर विवादमा फसेका छन् ।नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहरभएपछि निर्वाचित भएको दुई महिनामै उनले सांसद पद गुमाएका थिए । वैशाख १० मा हुने उपनिर्वाचनमा उनी फेरी उम्मेदवार छन् ।
चैत २० मा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन राहदानी दुरूपयोग गरेको आरोपसम्बन्धी मुद्दा अगाडि बढाउन रविविरूद्ध मुद्दा परेको छ। सोही मुद्दा अदालतमा विचाराधिन रहेकै अवस्थामा उनका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठ रकम लेनदेन विवादमा तानिए ।
आफूलाई स्वास्थ्यमन्त्री बनाउनका लागि रविका कोर टिमले २ करोड रूपयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको सहयोग मागेको अडियो सार्वजनिक भएपछि अहिले रविमाथि चौतर्फी प्रश्न उठेको छ । चुनावी अभियानमा आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेका उनी श्रेष्ठको अडियोबारे निर्णय लिन बुधबार केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
यस्तै मंगलबार बयानको क्रममा निलम्बित सांसद श्रेष्ठले आफूलाई मात्र कारवाही गरिए कोर टिमका सदस्यहरूको नाम सर्वाजनिक गरिदिने चेतवानी दिएपछि रवि थप अप्ठ्यारोमा परेका हुन् ।
सोमबार अडियो सार्वजनिक भए लगत्तै श्रेष्ठलाई साधारण सदस्यबाटसमेत निलम्बन गरेको जानकारी दिएका उनले ७२ घण्टाभित्र कारवाही गर्न नसके आफूलाई गढीमाईमा बली चढाउन सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । श्रेष्ठसहित कोर टिमलाई कारवाही गर्दा चुनावको मुखमा पार्टी भत्किने डर रविलाई छ । कारवाही नगरे विपक्षीसहित आम जनताले उनीमाथि प्रश्न उठाउने देखिन्छ ।