काठमाडौं, बैशाख-१८

आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै..,

 

आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०46 को बहुललिय ब्यबस्थाको परिवर्तन संगै देखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको हो।

त्य्सबेलासम्म लगभग सबै क्षेत्रमा आत्मनिर्भर जस्तै रहेको हाम्रो देश आज जसले श्रमिकलाई रोजगार दिने कलकारखाना बेचीखाए ! जसले श्रमिकलाई रोजगार दिने खेतवारी बाँझो राख्न प्रेरित गरे ! जसले श्रमिकलाई रोजगार दिने परम्परागत उद्योगव्यवसायको अन्त्येष्ठी गरे ! जसले नेपालका युवा श्रमिकलाई न्यून सुविधामा खाडिमलेशिया, दक्षिण कोरिया लगायतमा मुलुकको लागि कठोर र अपमानजनक श्रम गर्न वाध्य पारे ! जसले स्वदेशका महिला श्रमिकलाई अन्तर्राष्ट्रिय यौनबजारको नारकीय जीवनमा प्रवेश गर्नसमेत वाध्य तुल्याए !

आज नेपाली श्रमिकको रोजगार हरण गरेर नेपाललाई श्रमिकमुक्त बनाउने यिनै असक्षम नेतृत्वहरुलाई नै श्रमिक मुक्तिका मसीहाको रुपमा चित्रण गरेर प्रसंशा गर्दै र माला पहिराउने नियति बाट मे १ तारेख ! मुक्त रहोस् यै शुभेच्छा ।।

अत: कसैलाई श्रमिकको मुक्तिदाता ठान्ने भ्रमबाट मुक्त भै आ-आफ्नो कर्मक्षेत्रमा प्रतिबद्ध रहने र आफ्नो हकहित वारे आफै सोच्ने र सचेत हुने सामर्थ्य प्राप्त होस् ! सेवा र श्रममा कटिबद्ध पिडित र उपेक्षित सम्पूर्ण श्रमिकवर्गमा हार्दिक शुभकामना ।।

जिबलाल पुरी