बैशाख २४। चितवन,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
आज फेसबुकमा उनले अनुसन्धानमा कमी हुन नदिन प्रहरी प्रशासनलाई निरन्तर खबरदारी गरिरहेको बताएका हुन्।
‘घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य, न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु,’ उनले लेखेका छन्।








