काठमाडाैँ, २७ बैशाख

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहमा संलग्नकाे आराेपी पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफैं गिरफ्तारी दिने तयारी गरिरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि रायमाझी दबाबमा रहेकाे र उनले आजै गिरफ्तारी दिन सक्ने स्रोतको दाबी छ।

उक्त प्रकरणमा अनुसन्धानको क्रममा रायमाझीको संलग्नता हुन सक्ने देखिएपछि प्रहरीले उनीविरुद्ध बैशाख २० मै पक्राउ पुर्जी जारी गरिसकेको छ।