काठमाडाैं,

नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले आफु पदमा रहँदा राजनीतिक आक्रमणमा परेको विषय खुलासा गरेका छन्।

उनले बिहीवार सामाजिक सञ्जालमार्फत आफू प्रहरी सेवामा रहँदा दुई पटक राजनीतिक आक्रमण भएको दाबी गरेका छन्। झुठा डाँका मुद्दा दर्ता गर्न नमानेकोले तत्कालीन नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र एवं सप्तरीका नेता रामकुमार चौधरीले आफ्नो सरुवा गराएको बताएका छन्

पूर्वएसएसपी विष्टले ०७३ मा  ज्येष्ठताका आधारमा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवालाई चाकडी गर्न नमान्दा बढुवा हुनबाट वञ्चित हुनुपरेको बताएका छन्।