काठमाडाैं, जेठ ४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उठेका प्रश्नहरूकाे जवाफ दिइरहेका छन्।

सांसद सर्वेन्द्रनाथ शुक्लाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली शरणार्थीलाई मात्र होइन विगतका ठूला-ठूला विवादित घटना, राजस्वमा भएको चलखेललाई छानबिन गर्ने, खरिदमा भएका सेटिङका कुरा आवश्यक ऐनहरूलाई संसोधन गर्ने कुरा अघि बढिसकेको छ । संसद र राजनीतिक नेतृत्व आफूलाई सच्याउने अवसर छ । भ्रष्टाचारविरुद्ध नयाँ अभियान थाल्ने अवसरलाई कसैले गुम्द नदिऔँ ।’

यस्तै उक्त कार्यक्रममा सांसद प्रभु साह र अमरेशकुृमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशमा भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका छन् ।

गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदनआश्रित हत्याकाण्डलगायत देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।