१९ जेठ, काठमाडाैं

साकेला गाउँपालिका– १ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको घरकाे तिन तलामाथीबाट खसेर मृत्यु भएकाे छ।

स्कुलबाट आएर खाजा खाएपछि खेल्ने क्रममा दिक्तेलस्थित किराँतनजिकैको भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

दिक्तेल इंग्लिस बोर्डिङ स्कुल दिक्तेलको कक्षा– २ मा अध्ययनरत रोशनी अपराह्न ४ बजेतिर तीन तलामाथिबाट लडेको स्थानीयले बताएका छन् ।

पक्की घरको तीन तलामाथिबाट लडेर झरेलगत्तै उद्धार गरेर दिक्तेलस्थित फेमिली केयर अस्पताल पुर्‍याइएकी रोशनीको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

लडेर ज्यान गुमाएकी रोशनीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको प्रहरीले जानकारी दिए ।