२५ जेठ, काठमाडाैं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केवलकारको उद्घाटन गरेका छन् । आज बिहान बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन् ।

यही जेठ १५ गतेदेखि सफ्ट ओपनिङ भएको केवलकारको आज औपचारिक उद्घाटन भएको हो । केवलबारमा २४ वटा गाेन्डुला रहेका छन्।

एक गोन्डुलामा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन्। केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ।

आईएमई समूहको मुख्य लगानी रहेको केवलकार पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीको छ । वसन्तपुरमा केवलकार संचालनमा आएसँगै बुटवलको पर्यटकीय गन्तव्य थप भएको छ ।