३१ जेठ, काठमाडाैं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १३ नेताहरू पक्राउ परेका छन् ।

प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा विद्यार्थी नेताहरू र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । उनीहरूले जघन्य अपराध गरेको आरोप लागेकाको पक्षमा अधिवक्ताहरूले बहस गर्न नहुने भन्दै नाराबाजी गरेका छन् ।