काठमाडाैं,११ साउन
सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आदेश दिएकाे छ।
सर्वाेच्चका न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहिबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै ७ दिन भित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको हो ।
आदेशअनुसार नेपालको संविधानको १६८ (२) बमोजिम अर्को सरकार गठन हुनेछ । यदि सात दिनभित्र कुनै पनि दलले बहुमत जुटाउन नसकेको खण्डमा धारा १६८ को ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनेछ ।