१ असार , काठमाडाैं
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश लागि अनुमोदन भए लगत्तै राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार साँझ सवा ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
संवैधानिक परिषद्ले गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका कार्कीको संसदीय सुनुवाइ शुक्रबार भएको थियो ।
संसदीय सुनवाइ समितिबाट सर्वसम्मत भएसँगै कार्कीको आजै नियुक्त र शपथ हुन लागेको हो । कार्कीले आजै सर्वोच्चमा पुगेर कार्यभार सम्हाल्ने बताइएको छ ।