३ असार ,काठमाडाैं

पाल्पाको रामपुर नगरपालिका-८ भुजातस्थित कालिगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी एक बालिका मृत फेला परेकी छन्। गत बिहीवार दिउँसो सोही ठाउँकी १४ वर्षीया पार्वती रामजाली नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाल अनुसार आइतवार बिहान रामपुर नगरपालिका-८ आँपचौरमा बालिकाको शव फेला परेको हाे।

डुबेको स्थानदेखि अन्दाजी १ किलोमिटर तल कालिगण्डकी नदीमा बालिकाको शव फेला परेको र अनुसन्धान पश्चात शव पाेष्टमार्टमका लागी रामपुर अस्पतालमा पठाइएकाे उनले बताए।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।