३ असार, काठमाडाैं
लक्ष्मी बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । आज (आइतबार) अग्रवाल भवनमा सभा सम्पन्न भएको हो ।
सभाले आज लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गरेको छ। यी दुई बैंकले आउँदो असार २४ गतेबाट अनुमानित एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात् वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।








