काठमाडाैं,

कैलालीको अत्तरियाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले से ७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई दुई ग्राम ११० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय अनमाेल शाह र धनगढि उपमहानगरपालिका –६ का १८ वर्षीय किशोर रहेका छन्।