काठमाडाैं,

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली सुरक्षागार्डलाई गोली लागेपछि उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । मृत्यु हुनेको पहिचान खुलाइएको छैन ।

अल जजिराका अनुसार यो घटना बुधबार भएको हो। समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए।

त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो। त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको बताइएको छ।