तारागाउँ रिजेन्सी होटलको नाफा ७१ प्रतिशत बढ्यो

समाचार शेयर गर्नुहोस्

२९ माघ, काठमाडौं । हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल कम्पनीको नाफा ७१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५३ करोड ११ लाख आम्दानी रहेकोमा यो वर्षको सोही अवधिमा ६३ करोड ८५ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको