काठमाडाैं,१८ असार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । उनका अनुसार महर्जन नक्कली मोही हुने भने पोखरेल एक कम्पनीका तत्कालीन हाकिम हुन् ।
यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो । ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ ।








