काठमाडाैं, २० असार

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ ।

‘रोबिन एण्ड द न्यु रिभलुसन’ रक ब्याण्डका संस्थापक उनको मंगलबार राति निधन भएको हो । तामाङको ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको हाे।अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मृत्युकाे कारण भने शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएकाे छ।

पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ। उनको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।