काठमाडाैं, २२ असार

काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।

उक्त एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई प्रहरीले आज बिहान कुपण्डोलबाट पक्राउ गरेकाे हाे।

बालबालिकालाई क्लबभित्र प्रवेश गराएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यही घटनामा क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल हिजो नै बालुवाटारबाट पक्राउ परेका थिए ।