काठमाडाैं, १ साउन
कास्कीको रूपा गाउँपालिका -३ पोल्याङफेदीमा सवारी दुर्घटनामा परी सोमबार बिहान एकजनाको मृत्यु र एक जना घाइते भएको छ ।
दुर्घटनामा परी माेटरसाइकलमा सवार लमजुङकाे मध्यनेपाल नगरपालिका ६ भार्लेटारका अन्दाजी २३ वर्षीय विवेक विककाे मृत्यु भएकाे हाे। मोटरसाइकलमा सवार दिपेन्द्र विक गम्भीर घाइते भएका छन्। उनको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।
पोखराबाट लमजुङतर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बरको यात्रुबहाक बस र लमजुङबाट पोखरातर्फ जाँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकल सोमबार बिहान पौने ८ बजे पोल्याङफेदीमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
प्रहरीले बसका चालक विशाल गुरूङलाई नियन्त्रणमा लिएको छ ।