आर्जुको प्रश्नले चिढियो भारत, मोदिको नेपाल भ्रमणको निम्तो ठाडै अस्विकार

समाचार शेयर गर्नुहोस्

काठमाडौ ।

भारतमा रहेकी परराष्ट्रमन्त्री डा. आर्जु राणा र भारतिय समकक्षी डा. एस जयशंकरबिच मंगलबार द्विपक्षीय वार्ता भएको छ । समसामयिक परिस्थिति र दुई देशबिच पछिल्लो सम्बन्धबारे २५ मिनेट एक्लाएक्लै संवाद भएको छ । दुई परराष्ट्रमन्त्रीबिचको यो तेस्रो भेटवार्ता हो ।

राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा आउँदो जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निम्तो दिने बताइएको थियो। तर, भेटका क्रममा निमन्त्रणापत्र नै हस्तान्तरण हुन नसकेको गोप्य स्रोतले जानकारी दियो।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाजोपाँजो मिलाउने प्रयास पनि विफल भएको छ।

परराष्ट्रमन्त्री डा आर्जु राणाले नेपालको राजावादी आन्दोलन इन्डियाले उचालेको हो कि ? भनेर प्रश्न गरेपछी इन्डियाको नेतृत्व झनै रिसाएको र उक्त प्रश्नको जवाफमा ” नेपालको मामलामा इन्डियाको भूमिका नरहने ” उत्तर फर्काएको श्रोतको दावी छ ।

यसरी नेपालमा हुने परिवर्तनमा इन्डियाको नाम जोडेर परराष्ट्रमन्त्रीले गम्भीर कुटनैतिक गल्ती गरेको श्रोतको जानकारी छ ।

नेपालमा राजावादी अभियान चर्किँदै गएको बेलामा परराष्ट्रमन्त्रीको यो चासोलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको