काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको विरुद्धमा उच्च अदालत पुगेका थिए
उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ मा राखेर शुक्रबार पेशी तोकिएको थियो ।
गत जेठ २९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले राज्यविरुद्धको कसुरसहित ज्यान मुद्दाको अभियोजनमा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
२०८१ चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा घर आगजनी,सरकारी गाडी तोडफोड लगायत अवाञ्छित क्रियाकलाप गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको थियो ।
जिल्लाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो विरुद्ध प्रसाईँसहित सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम ६ असारमा उच्च अदालत गएका थिए ।