देउवा निवासमा सुरुङबाट करोडौँ बरामद, कोठाभरी पैसा खरानी
काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा गरिएको खोजतलासमा ठूलो मात्रामा नगद र सुन फेला परेको खबर बाहिर आएको छ। प्रारम्भिक विवरण अनुसार घरभित्रका चारवटा कोठामा राखिएको पैसा खरानी अवस्थामा भेटिएको छ भने घरमुनि खनिएको सुरुङभित्र करोडौँ रुपैयाँ बरामद भएको स्रोतले जनाएको छ।
घटनापछि नगद र सुन खोज्ने भिड देउवा निवास वरिपरि देखिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच तनाबपूर्ण स्थिति सिर्जना भएको र सुरक्षाकर्मीले भीडलाई नियन्त्रणमा लिन प्रयासरत रहेको जानकारी प्राप्त भएको छ।
यस घटनाले हालै भइरहेको जनआन्दोलन र भ्रष्टाचारविरोधी आक्रोश बीच नयाँ तरंग ल्याएको छ। सुरुङमा भेटिएको सम्पत्तिको बारेमा आधिकारिक निकायले छिट्टै सार्वजनिक विवरण दिने अपेक्षा गरिएको छ।








