बुटवल
बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले जेन–जी आन्दोलनको बेला कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ।
आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूले चोरेको सामान जसरी पनि फिर्ता गर्न आग्रह गरेको छ। भन्सार कार्यालय का अनुसार भीडले सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, फर्निचर, भाँडा–वर्तन मात्र नभई बरामद भएका कपडा, जुत्ता, भेप, सेक्स टोयज, मदिरा, चिनी, चामल लगायतका सामग्री चोरेको छ । चोरीमा संलग्नहरूको पहिचान भइसकेको जनाइएको छ ।
सूचनामा भनिएको छ, ‘कोही कसैले यस कार्यालयबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए राजस्व अनुसन्धान कार्यालय, बुटवल वा नजिकैको प्रहरी कार्यालयमा बुझाइ दिनुहुन अनुरोध छ।’
अन्यथा, कानूनबमोजिम कडाइका साथ कारबाही गरिने चेतावनी दिइएको छ ।-जनआस्था








