नोरा फतेही नेपाल आउदै

समाचार शेयर गर्नुहोस्

काठमाडौं-

बलिउड अभिनेत्री तथा आईटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ (मेय १७, २०२५) मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाईभ ईन नेपाल’ मार्फत नोरा नेपाली दर्शकलाई नचाउन आउँदैछिन् ।

नेपालमा आयोजना हुँदै आएका विदेशी कलाकारहरुको शोबीच ‘नोरा फतेही लाईभ ईन नेपाल’ अझ उत्कृष्ट हुने दावी गर्छन् इभेन्ट म्यानेजर मनिष कार्की । जसका लागि मुम्बईबाट नोरासहित २० बढी कोसर डान्सरहरु प्रस्तुतिका लागि नेपाल आउनेछन् ।

पूर्ण मनोरञ्जनसहितको कार्यक्रम हेर्न नेपालीसंगै सिमावर्ती क्षेत्रका भारतीय दर्शकहरुसमेत नोरालाई हेर्न आउने विश्वास आयोजक संस्थाले राखेको छ । जहाँ दर्शकहरुले नृत्य र संगीतको भरपुर मजा लिन सक्नेछन् । फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएका दव मगर आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार नोरा फतेही लाईभ इन नेपाल मा चर्चित नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।