बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले करिब ३ हजार मतको अग्रता लिएका छन् ।
पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार उनले १५ हजार ९६० मतका साथ अग्रता कायम राखेका छन् ।
उनलाई एमालेका कर्ण थापाले १३ हजार ५ मतका साथ पछ्याइरहेका छन् । अहिले २९५५ को मतान्तर छ ।