बिहे गर्न दबाब दिएपछि प्रेमीले गरे प्रेमिकाको हत्या

काठमाडौं । धनुषामा एक युवतीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका-३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका-८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।
राम ललित र रेखाबीच करिब ४/५ वर्षदेखि प्रेमसम्बन्धमा रहेको बताइएको छ । राम ललितसँग रेखा विवाह गर्न चाहन्थिन् । तर, घर परिवारले अस्वीकार गर्दा रेखाले राम ललितलाई भागेर विवाह गर्न दबाब दिएकी थिइन् ।
राम ललितले भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । बिहे तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
रामललितले रेखालाई भेटघाटका लागि बोलाइ साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको डीएसपी सिंहले बताए ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्त्विक वस्तुको अभिलेखीकरण
कार्तिक २५ गते २०८३
बिरामी बोकेको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते
कार्तिक २५ गते २०८३
घोप्टेभीरको पहिरोले पृथ्वी राजमार्गमा सवारी जाम
कार्तिक २५ गते २०८३
भाइटीकाको दिन पानी पर्ने पूर्वानुमान, काठमाडौंमा वर्षाको सम्भावना कति ?
कार्तिक २५ गते २०८३
मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
कार्तिक २५ गते २०८३
पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
कार्तिक २५ गते २०८३
एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा
कार्तिक २५ गते २०८३
