नेकपा एमालेले निर्वाचन आयोगले औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरेपछि मात्रै निर्वाचनको समीक्षा गर्ने भएको छ । सत्तारूढ गठबन्धनले चुनावको प्रारम्भिक समीक्षा गर्दै शक्ति बाँडफाँड केन्द्रित छलफल प्रारम्भ गरे पनि एमालेले भने केही समयपछि मात्रै चुनावको समीक्षा गर्ने निष्कर्षमा पुगेको हो ।

नेकपा एमालेले निर्वाचन आयोगले औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरेपछि मात्रै निर्वाचनको समीक्षा गर्ने भएको छ । सत्तारूढ गठबन्धनले चुनावको प्रारम्भिक समीक्षा गर्दै शक्ति बाँडफाँड केन्द्रित छलफल प्रारम्भ गरे पनि एमालेले भने केही समयपछि मात्रै चुनावको समीक्षा गर्ने निष्कर्षमा पुगेको हो ।

तत्कालका लागि सरकार गठनका लागि औपचारिक पहल नगर्ने उसको भनाइ छ।

तर गठबन्धन भत्किए अग्रसरता देखाउने नीति एमालेले अख्तियार गरेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू अहिलेकै गठबन्धनका पक्षमा उभिएकाले केन्द्रदेखि प्रदेशसम्मका शक्ति बाँडफाँडमा किचलो देखिएर गठबन्धन भत्किने अवस्थामा मात्र एमाले सरकार गठनका लागि अग्रसरता देखाउने नीति अख्तियार गरेको हो ।

सचिव रघुवीर महासेठले पनि निर्वाचन आयोगले औपचारिक रूपमा चुनावको परिणाम सार्वजनिक गरिसकेपछि मात्र अध्यक्षले पार्टी बैठक बोलाउने बताए ।

निर्वाचन आयोगले पुसको पहिलो साताभित्र परिणाम सार्वजनिक गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने गरी काम बढाइरहेको छ ।

परिणाम सार्वजनिक नभएसम्म सरकार गठन प्रक्रिया अघि नबढ्ने भएकाले चुनावको समीक्षासहित पार्टीको भूमिकाबारे धारणा तय गर्नुपर्ने अवस्था नरहेकाले अध्यक्ष केपी ओली पार्टीका नेता–कार्यकर्ताहरूसँगको आन्तरिक भेटघाटमै व्यस्त देखिएका छन् । बैठकअघि प्रदेश अध्यक्ष र इन्चार्जमार्फत ‘ब्रिफिङ’ लिने तयारीमा ओली छन् ।

बैठक बसेको थियो । बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपछि एमाले नेताहरूले सरकार गठनबारे प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

एमाले सचिव महासेठले माओवादी सत्तारूढ गठबन्धनबाट चुनाव लडेको र पुरानै गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा देखिएकाले पार्टीको पहलमा तत्कालका लागि वाम गठबन्धनको सरकार बन्ने सम्भावना नदेखिएको बताए । माओवादी वाम सरकारको विपक्षमा देखिएकाले त्यस विषयमा एमालेभित्र एजेन्डाकै रूपमा छलफल हुने सम्भावना नरहेको उनको भनाइ छ ।