काठमाण्डाैँ,

१० फागुन, दाङ एक युवतीलाइ जागीरको लोभमा भारतको कोठीमा लगि बेचिएको आरोपमा प्रहरीले एक दम्पतिलाइ पक्राउ गरेका छन।

पक्राउ पर्नेमा घोराही १४ स्थित लखन पार्क् नजिकै होटल सन्चालन गरेर बसेका ५२ वर्षिय बिमुसा सार्कि र  ३९ वर्षिया टोपली सार्कि रहेका छन।

२० वर्षिय एक युवतीलार्इ रोजगारीको लोभ देखाएर भारतको कोठीमा लगेर बेचिएको  आरोपमा उनीहरूलाइ पक्राउ गरी अनुसन्धान थालिएको भन्ने जिल्ला प्रहरी विर बहादुर वलीले बताएका छन।

प्रहरी प्रमुख वलीका अनुसार टोपलीले युवतीलाइ राम्रो रकम दिने क्रममा फसाइएको रहेछ । यसै गरी गत माघ २१ भारतको चन्ढिगढ भन्ने ठाउँ पुर्याइएको रहेछ। राम्रो कमाइ हुने अस देखाएर बाँकेको  नेपालगन्जसगँ जोडिएको भारतीय सीमा नाका रूपैडिहा हुदैँ भारत पुर्याइ कोठीको सन्चालकसगँ मोटो दाममा बेचिएको प्रहरी विरबहादुर वलिले जानकारी दिएका छन।यसै गरी कोठीमा पुर्याइ पिडित युवतिलार्इ १२ दिनसम्म वेश्रावृत गर्न लगाइएको थियो। युवती बेचिएको उनको आमाले थाह पाएपछि  प्रहरीमा उजुरी दिइ्न। प्रहरीले उजुरीका अनुसारमा माघ २२ गते विभिन्न संघसंस्थाको समन्वयमा पिडित युवतिलाइ कोठीबाट उद्वार गराउन सफल भएको कुरा प्रमुख प्रह्ररी विरबहादुर वलिले बताएका छन।