काठमाडाैं,१० जेठ

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।  शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारुकाे मृत्यु भएकाे हाे।

मंगलबार दिउँसो पराजुली ग्रिल उद्योगमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हाे।