काठमाडौं,
२१ फागुन । आठ दलिय गठबन्धनका राष्ट्रपतिको साझा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जिताउने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम स्थगित भएको छ ।
आगामी फागुन २४ गते राष्ट्रपतिमा पौडेललाई मत दिन र पुरानो गठबन्धन जगाउनुको कारणबारे जानकारी दिन सांसदहरुको संयुक्त भेला आयोजना गरिएको थियो ।
राष्ट्रपतिकाे निर्वाचन आगामी फागुन २५ गते हुदैँछ। यस्तै निर्वाचन आयोगले लागु गरेको आचारसंहिताका कारण भेला रोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आठ दलहरुले संघीय र प्रदेश सांसदहरुको संयुक्त भेला बोलाएका थिए।