काठमाण्डाैँ,

सञ्चार र सुचना प्रविधि मन्त्रि रेखा शर्माले सोमबार काठमाडौंमा आयोजित नारी नेपाल अनलाईन पत्रिकाको समुद्धघाटन कार्यक्रममा बाेल्दै आम सञ्चारको क्षेत्रलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानुन अझै ल्याउन नसकेको टिप्पणी गरेकी छिन् ।

‘हाम्रो नीति, कानुन, नियम नै धेरै पुरानो छ । मिडिया सम्बन्धी कानुन पनि धेरै पुराना छन् । अहिले हाम्रो कानुनले अनलाईन मिडियालाई समेट्नै सकिरहेको छैन । त्यसलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानुन अझै बनिसकेको छैन, मन्त्री शर्माका अनुसार बजेटमा मिडिया र अनलाईनसँग सम्बन्धित भएर उचित विषयहरु उठाउने छ ।

यस्तै उनले याे क्षेत्रलाइ अघि बढाउन नितिनियमहरू आवश्यक छ भन्दै याे विषयलाइ  सरकारी निकायहरूले विषेश प्राथमिकता दिनुपर्ने बताइन्।