काठमाण्डाैँ,
जुवातास खेलेकाे आरोपमा दुई भारतीयसहित १६ जना पक्राउ परेकाे छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका हुन्।
१६ बुक तास र ३ लाख भन्दा बढि नगद उनिहरूबाट बरामद गरेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्।
सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका-३९ वर्षीय दिलीप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरूमध्ये दुई जना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।








