काठमाण्डाैँ,
गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एक दम्पतीलाई मार्ने धम्की आएको पीडितले गुनासो गरेका छन्।
हेटौँडा उपमहानगरपालिका-१६ मा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर स्थानीय रेडरोज बोर्डिङ स्कुलका प्रिन्सिपल कैलाश धिताल र उनकी श्रीमती आस्था रिजाललाई मार्ने धम्की दिइएको भन्दै प्रहरीमा उजुरी परेको छ।
निर्वाचनमा एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको गठबन्धन विजयी भएपछि नेपाली कांग्रेसनिकट तीनजना युवाले आफू नभएको समयमा आफ्नो डेरामा पुगेर दलबलसहित ढुंगामुडा बाेकेर श्रिमती एक्लै रहेकाे समयमा तिन युवकले ज्यानमार्ने धम्की दिएकाे र श्रीमतिलाइ अपशब्द प्रयाेग गरी मार्ने धम्की दिएकाे धितालले बताए।
यस्तै उनिहरूले फाेनमा समेत अपशब्द प्रयाेग गरी ज्यान मार्ने धम्की दिएकाेसमेत गुनासाे गरे। धम्कीपछि हेटौँडा १६ का बुद्धिप्रसाद गौतम, शंकर पनेरु र सुवर्ण पौडेलविरुद्ध धिताल दम्पतीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२
