काठमाण्डाैँ,

१७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गते हुने उपनिर्वाचनका लागी भाग लिने उम्मेदवारहरूकाे प्रारम्भिक सूची बिहिबार सार्वजनिक गरिएकाे हाे।

केन्द्रीय निर्वाचन आयोग प्रमुख नारायण प्याकुरेलले प्रारम्भिक निर्वाचनमा सहभागी हुनेको नाम सार्वजनिक गरेका हुन्।

सार्वजनिक नाम अनुसार तनँहु १ मा डा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने ,डा. रुपक विक घिमिरे र बारा २ बाट रमेश खरेल र युवराज न्याैपानेकाे नाम सार्वजिक गरीएकाे छ। यस्तै चितवन २ मा पार्टी सभापति रवि लामिछानेको नाम  मात्रै रहेकाे  छ।