काठमाण्डाैँ,
नारायणी यातायात कार्यालय, वीरगञ्जबाट पर्सा प्रहरीले ११ जना बिचौलियालाई पक्राउ गरेको छ।
कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो-छरितो गरिदिन्छु भनी कानुन विपरीत अत्याधिक सेवाशुल्क लिने र कार्यालय परिसरभित्र फाइल च्यापी भित्र-बाहिर गर्ने उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानका सातजना, पर्साको कालिकामाइ गाउँपालिकाका एक जना र बाराको पर्सौनी गाउँपालिका वडा नम्बर-३ नौतन बस्ने एक, वडा नम्बर-६ एक जना, परवानीपुर गाउँपालिका-५ नौतन टोलका एक जना गरी ११ जनालाइ प्रहरीले पक्राउ गरेकाे बुढाथाेकीले बताए।
पक्राउ परेका उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट सात दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको उनले जानकारी दिए।