काठमाण्डाैँ,
महोत्तरीमा एक मजदुरले आफुले काम गरेकाे ज्याला माग्दा कुटपिट गर्ने साहु पक्राउ परेकाे छ।
मजदुरमाथी चाेरीकाे आराेप लगाउँदै साहुले बीच बजारमा पाेलमा बाधेर माेसाे दली हात बाँधी कपाल मुण्डन गरी कुटपिट गरेका हुन्।
पैसा दिन्छु भनेर बाेलाई लाेहारपट्टी नगरपालिका वडा नम्बर ६ बस्ने साहु ३४ वर्षीय कृष्णा मिश्र भन्ने आनन्द मिश्रले साेही ठाँउ बस्ने २१ वर्षिय माेबारक नदाफलाई पैसा दिनुकाे सट्टा चाेरीकाे आराेप लगाएर लाेहारपट्टी चाेकमा अमानविय व्यवहार गरेका हुन्।
नदाफले भने, “धेरै दिनदेखि ठेकेदार मिश्रसँग मैले आफ्नो ज्याला मागेँ तर दिन नमाने पछि रिस उठेर पैसा नदिए म ग्रिन्डर मेसिन र पंखा लैजान्छु भनेर त्यो औजारहरु घर लिएर आएँ । अनि चैत्र २३ गते ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकस्थित शिव आश्रममा बोलाए पछि जाँदा पैसा दिनुको सट्टा चोरीको अरोप लगाउँदै पोलमा बाधेर मोसो दली हात बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरे।”
घटनापछि पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी गरे पश्चात प्रहरीले सोहि दिन घटनामा संलग्न कृष्णा मिश्र भन्ने आनन्द मिश्रलाई पक्राउ गरेको छ ।पीडि़त नदाफ ऊपर समेत अर्को पक्षबाट चोरीको आरोप लागेको हुँदा उनलाई समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।