१४ जेठ,काठमाडाैं
अछाम जिल्लाकाे सापेँबगर नगरपालिकामा रहेका दुई लघुवित्तको कार्यालयमा तालाबन्दी भएको छ।
छिमेक लघुवित्त वित्तीय संस्था र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा आज तालाबन्दी गरिएको हो। दुवैमा नेपाल कम्प्युनिष्ट पार्टी विप्लवले तालाबन्दी गरेको हो।
लघुवित्तले चर्को ब्याजदर एक अंकमा कायम नगरेको, ऋणीलाई मानसिक यातना, गाउँ छाड्न, देश छाड्न र आत्महत्या गर्न बाध्य पारेको, बचत फिर्ता गर्न अटेर गरेको, पैसाको व्यापार गरी लुट मच्चाएको र नेपाल राष्ट्र बैंकले निर्देशन गर्दा पनि सेवा शुल्क, बिमा शुल्क लगायत अन्य शुल्कहरू खारेज नगरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको लेखिएको ब्यानर कार्यालयमा टाँसिएको छ।








