काठमाडौं,

तनहुँको व्यासमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् ।

व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक घाइते भएका छन्।  ।

आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो ।आक्रमण लगत्तै भालु भागेको थियो ।

भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।