एउटी महिला आफ्नै खुट्टामा उभिन चाहन्छे । आफ्नो सीप र क्षमताका आधारमा पहिचान बनाउन चाहन्छे, परिवारको जिम्मेवारी पूरा गर्दै करियर पनि अगाडि बढाउन चाहन्छे । उसका पनि सपना, योजना र केही गरेर देखाउने हुटहुटी छन् । तर उसले सामना गर्नुपर्ने चुनौती आर्थिक, पेसागत वा पारिवारिकमात्र हुँदैन । अनावश्यक टिप्पणी, अविश्वास र आफ्नै वरिपरिका मानिसको नकारात्मक व्यवहारसँग पनि जुध्नुपर्छ । समाजले महिलालाई ‘आत्मनिर्भर बन’ भन्छ, तर हरेक कदममाथि प्रश्न उठाउँछ । “नेतृत्व गर” भन्छ तर नेतृत्वमा पुगेपछि क्षमताभन्दा पहिले उसको व्यक्तिगत जीवनको लेखाजोखा सुरु गर्छ ।

१. संघर्षभन्दा चरित्रको चर्चा किन ?