काठमाडाैं,
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम उनले मन्त्रिपरिषद विस्तार गरेका हुन्। छ जना नयाँ मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज पद तथा गोपनीयताको शपथ खुवाएका छन्।








