१८ जेठ, काठमाडाैं
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ६, मटेरियाका दुई जनाकाे चक्कु प्रहारबाट हत्या गरिएकाे छ। ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुको चक्कु प्रहारबाट हत्या भएको हाे।
बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।
बमबहादुरकाे जितपुरस्थित सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएका छन्। यस्तै उनकी भतिजी अञ्जली थारूकाे भने मेडकल कलेज भैरवामा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
दुवैलाई शरीरमा विभिन्न ठाँउमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएकाे थियाे। चक्कु प्रहार गर्ने व्यक्ति माेहन थारूलाई प्रहरीले घट्नास्थलबाटै अाफ्नाे नियन्त्रणमा लिएका छन्। यस्तै यस घट्नाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।








