काठमाडाैं,

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार चलचित्र संघले अदालतमा रिट दर्ता गराएकाे हाे।

मेयर बालेनले भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने डायलग नहटाएको भन्दै महानगरभर भारतीय चलचित्र प्रर्दशनमा रोक लगाएका थिए ।

मेयर बालेनको उक्त निर्णय कानुनसम्मत नरहेको भन्दै हल सञ्चालकहरु अदालत गएर रिट दर्ता गराएका हुन् । रिटमा भारतीय चलचित्र प्रदर्शनको माग गरिएको छ । दर्ता भएकाे रिटकाे पेशी बिहिबारका लागी ताेकिएकाे छ।