५३ बर्षिया रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग गरिन विवाह

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठको विवाह गरिदिएका छन् ।

विहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्‍याएका थिए । ५३ बर्षिय रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विहिबार विवाह गरेकी हुन् ।केही दिनअघि रविनाको निजी निवासमा मेहन्दी सेरेमनी भएको थियो । विवाहकै लागि भनेर च्यापम्यान गतसाता छोरीसहित बेलायतबाट नेपाल आएका थिए । च्यापम्यान लामाे समयदेखि विश्व वन्यजन्तु काेषमा आबद्ध छन् ।

आमाको विवाहमा आयुष्मान र आशिरमान दुवै हर्षित देखिएका छन् । मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि गत पुषमा सामाजिक सञ्जालबाट प्रेमी सार्वजनिक गरेकी रविनाले गत फागुनमा प्रेमी च्यापम्यानसँग काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेकी थिइन् । हजुरआमा भैसकेकी रविनाले धुमधामले गरेको विवाहको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको