कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन्। आफ्नो सामान्य भनाइलाई केही अतिवादी कार्यकर्ताहरूले बङ्ग्याएर र सम्पादन गरेर गलत व्याख्यासहित घृणा फैलाएको उनको भनाइ छ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै गिरीले आफूले सधैँ भौतिक आक्रमणको विरोध र बौद्धिक बहसको वकालत गरेको समेत बताएका छन्।








