काठमाडाैं, असार १२
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुल हुँदै स्विट्जरल्याण्ड जान लागेका लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय डेनिस कुकेरिया रहेका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियाबाट अवैध चरेशजस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको ब्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० युरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।