काठमाडाैं,
रुसले युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको छ। मंगलबार युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको हो।
स्थानीय समयअनुसार दुवै मिसाइल एकै समयमा साँझ ७:३० बजे आक्रमण गरिएको थियो। आक्रमणमा १ बालकसहित ४ व्यक्तिको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन्।
समाचार एजेन्सी एएफपीले पुलिसलाई उद्धृत गर्दै रुसले एस-३०० मिसाइल आक्रमण गरेको जनाएको छ। डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोले युक्रेनमा आक्रमण सहरको मध्यभागमा भएको बताए। उनका अनुसार घाइतेको उद्धार एवं उपचारसहित खाद्यान्नको पनि व्यवस्था गरिएको छ।
युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले टेलिग्राममा रुसले जानाजान बसोबास भएका क्षेत्रलाई निसाना बनाइरहेको बताएका छन्।
यो पनि पढ्नुहोस्
ताजा समाचार

इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’
फागुन २५ गते २०८२
आम जनता पार्टीसँग कुनै सम्बन्ध छैन : ऋषि धमला
फागुन २५ गते २०८२
सामाजिक सञ्जालमार्फत् झापाली जनतामाथि अभद्र टिप्पणी गर्ने रवि चुँडाल विवादमा, अनुसन्धान गर्दै प्रहरी
फागुन २५ गते २०८२
निर्वाचन प्रहरीको बिदाइ बिहीबार
फागुन २५ गते २०८२
सङ्खुवासभाका यी चार ठाउँबाट हुँदैछ गणना
फागुन २५ गते २०८२
गोरखाका २ निर्वाचन क्षेत्रको ०५ : ०१ बजेको मत परिणाम
फागुन २५ गते २०८२
लुम्बिनीका २६ क्षेत्रमध्ये २१ मा रास्वपाको जित
फागुन २५ गते २०८२
