काठमाडाैं,
रुसले युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको छ। मंगलबार युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको हो।
स्थानीय समयअनुसार दुवै मिसाइल एकै समयमा साँझ ७:३० बजे आक्रमण गरिएको थियो। आक्रमणमा १ बालकसहित ४ व्यक्तिको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन्।
समाचार एजेन्सी एएफपीले पुलिसलाई उद्धृत गर्दै रुसले एस-३०० मिसाइल आक्रमण गरेको जनाएको छ। डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोले युक्रेनमा आक्रमण सहरको मध्यभागमा भएको बताए। उनका अनुसार घाइतेको उद्धार एवं उपचारसहित खाद्यान्नको पनि व्यवस्था गरिएको छ।
युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले टेलिग्राममा रुसले जानाजान बसोबास भएका क्षेत्रलाई निसाना बनाइरहेको बताएका छन्।
यो पनि पढ्नुहोस्
ताजा समाचार

मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै
कार्तिक ७ गते २०८३
यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी
कार्तिक ७ गते २०८३
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
कार्तिक ७ गते २०८३
एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
कार्तिक ७ गते २०८३
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले लगानीकर्तालाई नयाँ व्यावसायिक सम्भावना खोज्न प्रोत्साहित गर्छ: पन्त
कार्तिक ७ गते २०८३
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
कार्तिक ७ गते २०८३
दशैँपछि आफ्नो पुरानै लयमा काठमाडौँ उपत्यका: सार्वजनिक यातायातमा भीड
कार्तिक ७ गते २०८३
