काठमाडाैं, १५ असार
धान दिवस अवसरमा रोपाइँ महोत्सवमा भाग लिन काठमाडौंबाट चितवन पुगेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चितवनको जगतपुरमा धान रोपेका छन्।चितवनको केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरिएको हो।
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गरेका छन्।
कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय खुमलटारमा शुक्रबार बिहान मन्त्री भुसालले धान रोपेका थिए।